Sie sind auf Seite 1von 6

प्रतिरोधको आवाज

सुधीर छेत्री

For me the smell of gunpowder is a perfume


Whose fragrance sustains my sense of smell
And drives away the rancid and pungent odour
Of a crematorium, where youthful ambitions
Are burned to ashes,
As cinders of militancy send hissing sparks to the sky,
And boiling blood turns to broth.
Ostwald Mtshali

दक्षिण अफ्रिकाका काला कवि ओस्ट्वाल्ड मिट्सेलीका कविताहरूमा


‘प्रतिरोध’-का स्वरहरू सुन्छौँ। तानासाही र रङ्गभेदी नीतिविरुद्ध प्रभावशाली, सचेत
प्रतिरोध। ओस्ट्वाल्ड प्रायः व्यङ्ग्यलाई हतियार बनाउँछन् तर यस कवितामा के ही उग्रता
छ। शवगृहमा युवा बैँसहरू रित्तिएका देखी, हिंसाको भुप्रोबाट खरानीहरू आकाशमा
झिल्का भई उडे को बेला, उम्लिँदो रगत सिरुवामा परिणत हुन्छ अनि कविलाई बारुदको
गन्ध पनि इत्तरको सुगन्ध झैँ महसुस हुन्छ। यसबाट अरू भावार्थहरू (कोनोटेसन्स)
निस्कँ दै जान्छन।् सेतोले कालोलाई, शक्तिसम्पन्नले निर्धालाई, सत्ताले उपान्तीयलाई
आफ्ना वभ ै वले, इतिहासले, सैन्य-पुलिसले अनि अझ नसके ‘आइडियोलजी’-ले
कसरी टेक्छ, त्यसको विरोधमा कविता उभिन्छ।

कवितामा प्रतिरोधको एउटा दृष्टान्त।


विशाल राईका कविताहरूको मूल स्वर पनि प्रतिरोध नै हो। आफ्नो ठाउँको
राजनीति, जातित्वको लडाइँ - यसका असफलताहरू, आफ्ना नेतृत्वबाट पाएको
छल, राज्यसत्ता – के न्द्रीय सत्ताबाट उपहारस्वरूप पाएको ढाँट, दमन अनि आफ्नै
मान्छेहरूको अदूरदर्शी निर्णय र विभाजित एकता आदिबाट क्षुब्ध छन् कवि। विशेष
जातीय चिह्नारीको भोक अहिलेका आधिकांश नेपाली कविहरूमा झैँ उनमा पनि
प्रखर छ। कविको प्रतिवाद तर यहाँबाट रुमल्लिँदै अघि बढ्छ र प्रतिरोधसम्म पुग्दछ।
उनका कविताहरूमा प्रशस्तै पाइने शब्दहरू जस्तै सरकार, सत्ता, जुलुस, मुट्ठी,
पाहाड, संविधान, सडक, देश, प्रजातन्त्र, बन्दुक, गणतन्त्र आदिले पनि त्यही कुराको
इङ्गण गर्दछन।् कवि विशाल राई आफैँ पनि राजनति ै क कर्मीका रूपमा सक्रिय रहने
व्यक्ति, समाजमा-संस्थामा नेतृत्वपरक भूमिका लिएर क्रियाशील रहने व्यक्ति भएकाले
उनको कवि-मानसमा, उनको कवि व्यक्तित्वमा राजनति ै क प्रतिच्छाया रहनु स्वाभाविकै
हो। अझ उनका यी कविताहरूलाई त ‘राजनति ै क कविता’-कै श्रेणीमा राख्दा पनि
अनुचित हँु दैन। यस्तै राजनतिै क कविताहरू हिन्दीको साट्ठोत्तरी कविताहरूमा लछेप्रै
देखिन्छन।् प्रगतिशीलताका अभिलक्षणहरूले ओतप्रोत ती कविताहरू सत्ताको विरुद्धमा
समानता, न्याय र गणतन्त्रका पक्षमा आवाज उठाउँथ।े ती स्वरहरूमध्ये धूमिलको स्वर
धेरै तिक्खर थियो –
म घरिघरि भन्दैछु, जेलिएको यो संसारमा
सजिलै बुझ्न सक्ने चिज भनेकै केवल पर्खाल हो
अब समय आइसक्यो, तिमी उठ
अनि आफ्नो उच्चाटलाई एउटा आकार देऊ।
(धूमिल)
समाजको गतिशीलता, यसमा आएका राजनति ै क-सामाजिक परिवर्तनहरूलाई
सम्बोधन नगरी कविता लेख्न सकिँदैन भन्ने मान्यता कवि विशाल राईमा पनि
देखिन्छ। मिचाहा र दमनकारी शक्तिके न्द्रहरूसित सोझै जाइलाग्न उनका कविताहरू
जुर्मुराएका छन् अनि यसैमा अभिव्यक्तिको सार्थकता देख्छन।् उनी प्रतिवादलाई र
प्रतिरोधलाई शक्तिसन्तुलनको अनिवार्य पक्षका रूपमा हे र्छन् कविताको आवाजमा –
प्रतिवाद छ र नै
भाषाको ओठ सुरक्षित छ
विचारको जिब्रो सुरक्षित छ
पुतलीलाई पातको आँ गन सुरक्षित छ
जरालाई माटोको लोला सुरक्षित छ।
(प्रतिवाद)
अप्ठ्यारो बेलामा कविहरू बोल्नुपर्छ – यस्तै मान्थे कवि बर्टोल्ट ब्रेक्ट पनि।
जर्मनीबाट निर्वासित भएपछि उनले 1937 मा लेखे – ‘भन्ने छैनन् तिनीहरूले,
अँध्यारो समय थियो/ भन्नेछन्, किन चुपचाप थिए कविहरू।’
विशाल राई आफ्नो पहिलो कविता सङ्ग्रह ‘जल्नदेऊ बाबरी हिमाललाई’
(2009)-मा किशोर कवि थिए। सो सङ्ग्रहमा अधिक आलङ्कारिकता,
अबोधगम्यता, व्यक्तिके न्द्रित भावहरूलाई उनले कवितात्मक रूप दिएका थिए।
ऐन्द्रिक संवदे नालाई भावमा अनुवाद गर्नलाई चाहिने काव्यिक अभ्यास र साधना
त्यति पुग्दो आइसके को थिएन। अब यस सङ्ग्रहमा उनले आफ्ना कविताहरूलाई
‘सपाटबयानी’-तिर लगेका छन।् धेरै ठाउँ धूमिलकै झैँ ‘प्रतीकात्मक सपाटबयानी’
पनि प्रशस्त पाउँछौँ। सोझो सपाट भाषामा कवितात्मक अभिव्यक्ति दिनु झन् दुष्कर
कार्य हो। यसलाई सचेततापूर्वक अँगाल्नु भनेको विशाल राईको कवि-व्यक्तित्वले
परिपक्वतातिर पाइला चाल्नु हो। त्यसो त, रे मन्ड विलियम्सले भनेका कुरा – ‘भाषा
भनेको विचारलाई अभिव्यक्तिका रूपमा उतार्ने माध्यममात्र होइन तर भाषा स्वयम ्
क्रिया वा व्यवहारिक चेतना हो’-लाई पनि बिर्सनु उचित होइन। के ही आवश्यक
प्रतीकात्मकता र प्रगीगात्मकताका प्रयोगले सोझो शैलीका कविताहरू पनि
अनुप्राणित बन्छन।् अझ सोझो-बाङ्गोको द्वन्द्वलाई समाप्त गर्छन् –
अन्तिमपल्ट जुन भूमिमा
लडिरहेको थियो ऊ
रगतले भिजेको
त्यही माटोमाथि उम्रिएको छ
जवान रुख।
हेर्नू पाहाडमा
रुखको अनुहार
ऊ नै त हो,
छाम्नू रुखको पात
त्यही हजार आँ धी फेरिरहेको
ऊ नै त हो।
(सहिद)
‘लडिरहेको..रगतले भिजेको’, ‘माटोमा उम्रिएको’, ‘रुख,’ ‘रुखको पात’
अनि ‘ऊ नै त हो’....हँु दै ऊर्ध्वत्व (वर्टिकालिटी)-तिर उठेको यस संरचनामा
लिरिकल स्वाद पाइन्छ। सहिदलाई ‘ऊ’ बनाई के न्द्रमा राखिएको छ। वरिपरि
गीतात्मकताको बुनोट सुहाउँदिलो छ, स्वादिष्ट पनि।
कवि विशाल राई राजनति ै क कर्मी भएकाले भाषण पनि प्रशस्तै गर्छन।्
भाषण वा वक्तृ ता थरीका कविताहरू नेपाली भाषामा पनि धेरै छन।् त्यसो त नेपाली
साहित्यिकहरू-कविहरू धेरै नै राजनीतिमै हुन्थे, छन् पनि। पारसमणि प्रधान,
रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, पवनकिरण
चामलिङ, हर्क बहादुर छेत्री आदि। अरू पनि धेरै छन।् कविता र भाषणको
सम्बन्धबारे , तुलना आदि खोजी गर्न सक्नेछन् अध्येताहरूले।
वक्तृ ताकला (रे टरिक)-का बारे मा एरिस्टोटलले उहिल्यै राम्रो सूत्र दिएका
थिए। रे टरिकअन्तर्गत अनुनयन (पर्सुएसन)-का लागि चाहिने तीन कुराहरू हुन्
– इथोस ( वक्ताको विश्वसनीयता), प्याथोस (वक्ताको श्रोतासित भावनात्मक
सम्पर्क स्थापित गर्न सक्ने क्षमता) र लोगोस (तार्कि क प्रस्तुतीकरण एवम ् वक्ताले
निकालेको तार्कि क निष्कर्ष)। यस सिद्धान्तलाई पनि कवितामा प्रयोग गर्न सकिँदैन
कसरी भन्नु? नेपाली वक्तृ तामा तर बेसीजस्तो प्याराललिज्मको प्रयोग देखिन्छ
– एउटै भनाइलाई विभिन्न तर एउटैजस्ता देखिने वाक्यहरूद्वारा संरचित गर्नु।
प्याराललिज्म कविताको पुरानो औजार हो। माया एन्जेलुले यसको प्रयोग कति राम्रो
गरे की छन् –
You may shoot me with words,
You may cut me with your eyes,
You may kill me with hatefulness. (Still I Rise)

विशालका कविताहरू पनि के ही वक् ‍तृतासम्मत भई सम्बोधनपरक अनि


समानान्तर छन् –
हामीले शिविरमा गीत गाउन छाड़ेका छैनौँ
हामीले शिविरमा भाषण दिन छाड़ेका छैनौँ
हामीले सड़कमा जुलुस हिड्न छाड़ेका छैनौँ
हामीले धारिलो कविता लेख्न छाडे का छैनौँ
(बाँकी छ)
विशालका सबै कविताहरू यस्तै संरचनामा आबद्ध छन् भन्न खोजिएको होइन।
यो पनि हे र्ने एउटा सम्भावना हुन सक्छ भन्ने जिज्ञासामात्र हो। वक्तृ ता होस् वा
कविता, अन्तर्वस्तु र रूपविधानको एकात्मकता नभई प्रभाव राम्रो बन्दैन, सम्प्रेषण
सफल हँु दैन। त्यसो त वक्तृ ता र कवितामाझको कमाधिक्यबारे कवि सचेत छन् अनि
सन्तुलनको खोजी छ कविताहरूमा। कविताहरूमा सन्निहित विम्बगठनमा मूर्त्तिमत्ता र
भावका तत्त्वहरूमा यो सन्तुलन देख्न पाइन्छ। प्रस्तुत र अप्रस्तुतमाझ अस्वाभाविकता
छैन। यसैको फलस्वरूप क्रान्तिकारी र विद्रोहात्मक कथ्यले काव्यसम्मत अभिव्यक्ति
पाएको छ –
युद्धमा मारिएका जवान छोराहरूका
शव दफन गरे र
घर फर्कि एको साँझ नै
आमाले पढिन् – चे ग्वेभारा
अनि मुछिन् रातो अछेता
अनि लगाइदिइन् घरअघिको
पाहाडको निधारमा।
(पाहाड समाधि बसेको छ)

जातीय परिचयको युद्धमाथि नै मूल रूपमा के न्द्रित कविताहरू लिएर कवि


विशाल राईले दोस्रो सङ्ग्रह नेपाली साहित्यमा अघि सारिरहे छन।् समयानुकूल,
ै ारिक गोरे टोबाट डोहोऱ्याउँदै काव्यात्मक
समाज र जातिके न्द्रित विषयवस्तुलाई वच
यात्रामा छन् उनी –

कुनै दङ्गामा पुलिसको तातो गोली


वा सत्ताले तिरे को हत्या हुनबाट
अहिलेसम्म बाँचेको यो फितलो ज्यान छ
हजुर दाम सोध्नुहुन्छ?
(दाम)
कवि विशाललाई शुभचे ्छाका शब्दहरू यही छन् – शब्द, अक्षर, विम्ब,
भाषा, अभिव्यक्तिभित्र पनि यथार्थ मानिने चित्रणको पछि आग्लो तानेर छद्यवेशी
शासकीय नङ्ग्राहरू, शोसकीय कुत्सित अभिलाषाहरू र शक्तिसम्पन्नताका कपटपूर्ण
मस्तिष्कहरू लुकेका हुन्छन।् कविका सिर्जनात्मक चक्षुले तीलाई भेदन गर्न सकू न।्
कविताहरूले अहिलेको सङ्क्रमित रोगहरू, जस्तै समरूपता, शिथिलता, कृ त्रिमता,
अतिशयोक्तिबाट स्वस्थ दूरी राख्न सकू न,् अनि अन्त्यमा, डब्ल्यु. बी. यिट्सले भने
झैँ ‘कडा ढुङ्गामा छिनो चलाएर’ उनको कवितालेखनले स्वरूप र लक्ष्य पाऊन।्
इति।

Das könnte Ihnen auch gefallen